दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
बवई गाउँपालिका वडा नं. ७ निवासी करिब ५८ वर्षीय नेत्रबहादुर बुढाथोकीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तर ठक्कर दिने मोटरसाईकल भने रातभर खोज्दा भने फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।
पैदल हिँडिरहेका बुढाथोकीलाई अल्फावेट खुल्न नसकेको मोटरसाईलकलले दुधेनामा शनिबार साँझ सवा ९ बजेतिर ठक्कर दिएको थियो।
बुढाथोकीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै अर्को एउटा ट्रेक्टर दुर्घटनामा परेका २ जनालाई प्रहरीले उद्धार गरेको छ। रा १ त २७१२ नम्वरको ट्रेक्टर दुर्घटना हुँदा च्यापिएका चालक अमृत थकाली र सहचालक प्रेमबहादुर गुरुङको उद्धार गरि राति नै राप्ती अंचल अस्पतालमा पुर्याएको प्रहरी जानकारी दिएको छ।
शनिबार बेलुका सवा ८ बजेतिर तुलसीपुर ७ मा ट्रेक्टर दुर्घटना हुँदा च्यापिएका उनीहरुलाई राति १० बजेतिर उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।