जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायधिवक्ता कोषहरी निरौलाले मुद्दा मिलाइदिने भनेर सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।
ठगी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग उनले घुस रकम माग गरेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनलाई अख्तियारले एकसाता अघि घुस रकम सहित पक्राउ गरेको थियो। उनले सेवाग्राहीसँग ८० हजार घुस मागेका थिए।
अख्तियारले उनीलाई ८० हजार नै जरिवाना तिराउन विशेषसमक्ष माग गरेको छ। त्यसबाहेक भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३को उपदफा १ ग अनुसार सजाय दिलाउनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
उक्त व्यवस्थामा १ लाख सम्म घुस लिने व्यक्तिलाई ४ महिना देखि ६ महिनासम्म कैद हुने भनिएको छ।