झन्डै साढे ४ किलोग्राम चरेशसहित एकजना महिला पक्राउ परेकी छन्।
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ साँडेपानीकी ३२ वर्षीया पार्वती भन्ने पबी ढोलीले चालकको सिटमुनी लुकाइ राखेको ४ किलो ३६० ग्राम चरेश बरामद भएको प्रहारीले जानकारी दिएको छ।
बर्दियाको राजपुर नगरपालिका वडा नं. ४ स्थित राजापुरमा बुधवार राति साढे ११ बजेतिर ना ३ ख ७५० नं.को अटो रिक्सालाई शंका गरी चेकजाँच गर्दा उक्त चरेश बरामद भएको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए।
पक्राउ परेकी ढोलीका पति ३५ वर्षीय हरि दमाईले उक्त अटो रिक्सा चलाइरहेको समयमा चरेश बरामद भएको डिएसपी मल्लले बताए। रिक्सासहित उनीहरूका पति पत्नीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।