रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीमा रहेको लुम्बिनी इञ्जिनियरिङ कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन्।
अनेरास्ववियुका क्याम्पस कमिटीको नेतृत्वमा गरेको तालाबन्दीपछि क्याम्पस प्रमुख सिवराज बराल, कोअर्डिनेटर नारायण ढकाल र सहायक क्याम्पस प्रमुख राज कपुर कार्यालयमै थुनिएका छन्।
आफ्ना माग प्रति बेवास्ता गरेकोले तालाबन्दी गरेको अनेरास्ववियु क्याम्पस कमिटीले जनाएको छ।