काठमाडौंमा माइक्रको ठक्करबाट तीन वर्षे बालिकाको ज्यान गएको छ।
रत्नपार्कबाट गोंगबु जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रबो बसले बिहिबार बिहान करब साढे १० बजे गोंगबु र रेडन कलेज बिचमा ठक्कर दिँदा बालिकाको ज्यान गएको हो।
मृत्यु हुनेमा झापा केचनाकलन घर भइ आमा बुबासँग काठमाडौं बस्दै आएकी ३ वर्षिय दिया यादव रहेकी छन्।
माइक्रोको ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारका क्रममा कान्ति बाल अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक यादवलाई माइक्रो चालकले नै गाडीमा हालेर अस्पताल पुर्याएका थिए। माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।