नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बाहानामा सेवाग्राहीसँग घूस लिएका धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरी अथितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
घूस मागिरहेको भन्ने सूचनाका आधारमा ११ हजार घूस लिइसकेको अवस्थामा पक्राउ परेका अथितलाई अख्तियारले बुधबार कसूर पुष्टि भएको भन्दै ११ हजार विगोसहित आरोप पत्र दायर गरेको हो।
अथितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।