चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डिस्चार्ज भएका छन्।
दुई दिनअघि छातीमा दुखाइ बढेपछि अस्पताल भर्ना भएका डाक्टर केसी उपचारपश्चात स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज भएका हुन्।
उनलई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सीसीयूमा भर्ना गरिएको थियो।
चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १५ पटकसम्म अनसन बसेका छन्।
लामो अनसन बसेकाले उनको मुटुमा पहिला पनि केही समस्या देखिएको थियो।
सरकारले चिकित्सा शिक्षा विधयेक संसदमा पेस नगरेको भन्दै डाक्टर केसीले आफू फेरि अनसन बस्ने चेतावनी दिँदै आएका छन्।