नेपाल प्रहरीका हवल्दार सुदामा हजारा १ लाख घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हजारालाई सेवाग्राहीसँग १ लाख रूपैयाँ घुस लिइरहेका बेला कात्तिक ३० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो।
हजाराले नेपालमा उत्पादित पानमसलाजन्य सामान विभिन्न ठाउँमा पुर्याउन सहज बनाइदिने भन्दै घुस लिएका थिए।
पक्राउ परेका हजारामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।