जबरजस्ती करणीको आरोपमा नुवाकोटका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय सोमबहादुर तामाङ छन्।
उनलाई शुक्रबार पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा म्याद थप गरेर कारबाही थालिएको नुवाकोट प्रहरीका उपरीक्षक वसन्त कुँवरले बताए।
बुधबार राति १२ बजे एक युवतीलाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कुँवरले बताए।