दाङको एउटा सामुदायिक वनमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरास्थित सामुदायिक वनमा अन्दाजी २६ देखि ३० वर्षको जस्तो देखिने एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शव सडिसकेको अवस्थामा फेला परेको हुँदा ५/७ दिन पहिलेको हुन सक्ने अनुमान लगाए। बिहिबार दिउँसो वनमा शव फेला परेको भए पनि यो खबर तयार पार्दासम्म मृतकको पहिचान भइनसकेको जानकारी दिएको छ।
मृतकको साथबाट साविक तुलसीपुर नगरपालिका वडा नं. १८ को कित्ता नं. ५१ ‘४’ ग उल्लेखित सम्पत्ति कर बुझाएको कागज पनि फेला परेको जानकारी दिइएको छ।
उक्त रसिदमा नामबहादुर गौतम भन्ने नाम फेला परेको छ। त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।