यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ।
यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो। कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइयो भने २० गते कुकुर तिहार। कात्तिक २१ गते लक्ष्मीपूजा गरिएको छ। कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान गाई पूजा गर्ने गरेका छन्।
कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवर्द्धन पूजा हुन्छ।