प्रहरीले नक्कली नेपाली नोट सहित पाँच जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार राति ललितपुरको मच्छेगाँउबाट उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरुले भाडामा लिएको कोठामा नक्कली नोट छाप्ने कारखाना नै खोलेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ।
प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट समेत बरामद गरेको जनाएको छ।
शुक्रवार मात्र महानगरीय प्रहरी वृत्त गौशलाको टोलीले कागेश्वरी मनहरा नगरपालिका बस्ने २५ वर्षीय अनिल शाह र २९ वर्षीय दोक्चे महर्जनलाई शुक्रवार पक्राउ गरेको थियो।
उनीहरु चढेको बा ४५ प ८०६६ नम्वरको स्कुटर चेक गर्दा नक्कली नेपाली नोट फेला परेको थियो ।