चितवनको भरतपुर मंगलपुरस्थित विश्वप्रकाश माविमा पूर्व विद्यार्थीहरूले १० लाख रूपैयाँ खर्च गरी विद्युतीय पुस्तकालय स्थापना भएको छ।
दसैंको फुलपातिका दिन एक कार्यक्रमबीच स्वदेश तथा बिदेशमा रहेका विभिन्न १८ पूर्व विद्यार्थीले आर्थिक सहयोगबाट १५ वटा र विद्यालयको तर्फबाट ५ वटा गरी २० वटा कम्प्युटरसहित करिब १० लाखको लागतमा विद्युतीय पुस्तकालय स्थापना भएको हो।
पुस्तकालयलाई प्रमुख अतिथि NRNA अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष जिवा लामिछानेले शुभारम्भ गरे।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजय राज शर्मा भुसालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बिशिस्ट अतिथीहरु कृषि र पशु विज्ञान अध्ययन संस्थानका उपकुलपति आइ पि ढकाल, नेपाल रेडक्रसका सह महामन्त्री हरि प्रसाद न्यौपाने , NRNA अस्ट्रेलियाका प्रबक्ता एवम विद्यालय विद्युतिय पुस्तकालय कार्यक्रमका संयोजक डिला खरेल, समाजसेवी एवम् पूर्व विद्यार्थी देवी ज्ञावाली थिए।
विद्यालयका प्रधानाध्यापक जयकृष्ण शर्माबाट स्वागत मन्तब्यसहित सुरू भएको उक्त कार्यक्रममा NRNA युके का सोम सापकोटाबाट विद्युतीय पुस्तकालयको नेपालमा सुरु देखि बर्तमान अवस्थाको जानकारी गराएका थिए।
विद्युतीय पुस्तकालय कार्यक्रमका संयोजक डिला खरेलले यो पबित्र कार्यको लागि गरिएका विभिन्न प्रयासहरुको जानकारी गराए।
कृषि र पशु बिज्ञान अध्ययन संस्थानका उपकुलपति आइ पि ढकालले रामपुर बिश्वबिद्यालय र विश्वप्रकाश मा बिको बिचमा पुस्तकालयको सम्बन्धमा सहकार्य गर्न सकिने जानकारी गराए।
नेपाल रेडक्रसका सह महामन्त्री हरिप्रसाद न्यौपानेले विद्यालयका बिगत र बर्तमान अबस्थाको जानकारी गराए।
समाजसेवी एवम् पूर्व विद्यार्थी देवी ज्ञावालीले राम्रो कार्यको लागि धन्यवाद दिइन्।
प्रमुख अतिथिसमेत रहेका NRNA अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष जिवा लामिछानेले विद्युतीय पुस्तकालय सञ्चालन तथा निरन्तरताको लागि र यस विद्यालयको शैक्षिक बिकासको लागि आफ्ना माता पिताको सम्झनामा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुसालले यस पबित्रकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
कार्यक्रममा पूर्ज अध्यक्ष केशव कुमार पाण्डे, हरिकुमार स्मारक कलेजका सदस्य एवम् समाजसेवी बिष्णु खरेल र भक्ती तिमिल्सिना, पूर्ब विद्यार्थी कन्चन पोख्रेल, आधारभूत विद्यालय मंगलपुरका प्र अ र अध्यक्षले शुभकामना दिएका थिए।
कार्यक्रममा सहयोग गर्ने पूर्व विद्यार्थीलाई प्रशंसापत्र र खादा लगाइ सम्मान गरिएको थियो।
विद्युतीय पुस्तकालय स्थापनाका लागि आर्थिक रकम संकलन नेपालको तर्फबाट पूर्व विद्यार्थी भानुभक्त खरेल र अस्ट्रेलियाको तर्फबाट पूर्व विद्यार्थी कुन्दन पाण्डेले जिम्मेवारी लिएका थिए। कार्यक्रमको संयोजन डिला खरेलले गरेका थिए।