बुटवल वीपी चोकमा रहेको एभरेष्ट बैंक लिमिटेडबाट सोमबार दिउँसो रकम चोरी भएको छ।
दिउँसो करिब ३ बजेतिर बैंकमा रकम जम्मा गर्न गएका बुटवल १३ बेलबासका दीपक गौतमको ३० हजार रुपैयाँ नगद चोरी भएको हो।
बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा टेबुलमा राखेको उक्त रकम स्कुटरमा आएको व्यक्तिले रकम चोरेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले रकम चोरी गर्ने व्यक्तिको खोजी गरिरहेको बताएको छ।