अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीलाई घूससहित पक्राउ गरेको छ।
उनलाई टोखा नगरपालिकाको आफ्नै कार्यालय नजिकैबाट १ लाख घूससहित पक्राउ गरिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ।
स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्दा बेला घूस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेर ल्याएको प्रवक्ता रामेश्वर दंगालले सेतोपाटीलाई जानकारी दिए।
'उपभोक्ता समितिका अध्यक्षबाट बिल भुक्तानी लिनेक्रममा घूस लिइसकेपछि उहाँलाई अख्तियारको टोलीले पक्राउ गरेर ल्याएको छ,' उनले भने, 'अख्तियारको हिरासतमा राखेर उहाँमाथि थप अनुसन्धान हुँदैछ।'