एक व्यक्तिलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको छ । कोठामा सुतिरहेका भारतिय नागरिकमाथि वीरगञ्जमा चार राउण्ड गोली प्रहार भएको छ।
पर्साका एसपी रेवती ढकालका अनुसार वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा उक्त घटना भएको हो।
उनका अनुसार आफ्नै कोठामा सुतिरहेका मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।
गोली प्रहार भएपनि उलाई गोली नलागेकाले साह सकुशल रहेको ढकालले बताएका छन् ।
कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली हानेका थिए ।
भारत पूर्वीचम्पारण घर भएका साह वीरगन्जको कोइला सम्बन्धी काम गर्ने नबल इन्टरप्राइजेजमा म्यानेजरको रुपमा कार्यरत छन् ।
उनलाई गोली कसले हान्यो र किन हान्यो भन्ने खुलेको छैन ।
एसपी ढकाललेले घटनाको अनुसन्धान भइरहेको बताए ।
घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।