पर्सा प्रहरीले भन्सार छलेर ल्याइएको १३ लाख बराबरको कपडा बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–१ का राजेश साह र अमरावती देवीको घरबाट प्रहरीले शुक्रबार भन्सार छलेको कपडा बरामद गरेको हो।
बिहान करिब ४ बजे प्रहरी टोलीले उनीहरूको घरमा भन्डारण गरेको कपडा बरामद गरेको थियो। बरामद कपडामा सुट कपडा, कुर्ता सुरुवाल, सर्ट, पाइन्ट, चोलो लगायत छन्।
बरामद कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको पर्सा प्रहरीले जनाएको छ। चाडपर्व नजिकिँदै जाँदा भन्सार चोरी निकासी बृद्धि हुने भएकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।
यसैबीच, वीरगन्ज १५ खालवाटोलाबाट भारत लैजाँदै गरेको १ लाख २० हजार मूल्य बराबरको मरिच प्रहरीले बरामद गरेको छ।