लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ।
नेविसंघका कार्यकर्ताहरू क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायको कार्यकक्षभित्र गइ तोडफोड गरेका हुन्।
नेविसंघका कार्यकर्ताहरू टंक पाण्डेको नेतृत्वमा सुरज क्षेत्री, अशोक गौतम, रेशम क्षेत्रीलगायतका कार्यकर्ताहरूले तोडफोड गरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।
उक्त समूहले क्याम्पस प्रमुखको कुर्सीमा मट्टितेल छर्किएर आगो लगाएका छन्।
क्याम्पस प्रमुखको टेबुल, कम्प्युटर तथा गाडी समेत तोडफोड गरेको प्रहरीले जनाएको छ।
तोडफोडलगत्तै वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी पुगे पनि तोडफोडमा संलग्न समूह भने फरार रहेको प्रहरीले जनाएको छ।