काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला अहिले अमेरिकामा छन्।
गत वर्ष काठमाडौंसँग भगिनीसम्बन्ध स्थापना भएको भर्जिनियाको फ्रेडिक्सवर्ग शहरको अवलोकनका लागि मेयर र सचिवसहित ९ जनाको टोली अमेरिका गएको हो। टोलीमा तीन जना कार्यपालिका सदस्य, २ जना महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका कर्मचारी छन्। मेयर शाक्य र सचिव कोइरालाका श्रीमती पनि टोलीमा समावेश छन्।
दुबै जनाले महानगरको खर्चमा श्रीमतीलाई अमेरिका लगेका हुन्।
‘उताको खाने बस्ने खर्च आयोजकले गर्छ। महानगरले आउने जाने टिकटको खर्च बेहोर्छ,’ महानगरका सहायक प्रवक्ता नमराज ढकालले भने,‘यस्ता उच्चस्तरीय भ्रमणमा पहिलादेखि नै मेयरले श्रीमती पनि सँगै लैजाने चलन छ।’
विश्वभरीका १६ सहरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ। अमेरिकाकाका तीन वटा सहरको काठमाडौंसँग भगिनी सम्बन्ध छ।
मेयर शाक्यको टोली भोलि शनिबार स्वदेश फर्कँदैछन्।