जिल्ला प्रहरी कार्यालय दाङले एकजना युवालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २१ बर्षीय जुनकुमार बुढालाई अवैध पेस्तोलसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए ।
बुढा अवैध हतियार लिएर हिड्ने गरेको सूचनाको आधारमा पछ्याउँदै जादा घोराही १३ मा शरिर खान तलासी गर्दा घरमा निर्माण गरिएको पेस्तोल फेला परेको शर्माले बताए ।
बुढामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले हप्ता दिन अगाडि मात्रै घोराही मै अर्का एक युवालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको थियो ।