प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बिहिबार तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल बरामद गरिएको छ । पक्राउ परेकालाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।