सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ।
काठमाडौंबाट विराटनगरको लागि उडेको ९ एनएएमई कल साइनको विमानमा चरा ठोक्किएको हो।
विमानको बायाँ इन्जिनमा चरा ठोक्किएको कारण बिहान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
चरा ठोक्किँदा विमानका दुइटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतको लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्स कम्पनीका मार्केटिङ म्यानेजर मुकेश खनालले जनाकारी दिए।