रोल्पाको सुलीचौरमा गोली हानी एक जनाको हत्या भएको छ।
सिमलवाङका २९ वर्षका रोहित पुनको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिएका छन्। लिवाङ नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष समेत उनको हत्या भएपछि प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ।
रोल्पा नगरपालिका १० धबाङका देववहादुर घर्तीको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ । आपसी विवाद हुदाँ गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।