जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्लामा केही दिनदेखि जारी आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
भीमदत्त नगरपालिकाको वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको हो। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जारी आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो।