पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९१ औं जन्मोत्सव मनाइएको छ। रत्न बसिरहेको नारायणहिटी दरबार परिसरको महेन्द्र मञ्जिलमा एक समारोहका बीच सोमबार शाहको जन्मोत्सव मनाइएको हो।
शाहलाई ९१ औं जन्मोत्सवको शुभकामना दिन पूर्वराजपरिवारका सबै सदस्य महेन्द्र मञ्जिलमा पुगेका थिए। जन्मोत्सव नागरिक समारोह समितिले राजधानीका विभिन्न मन्दिरमा पूजा गरी ल्याएको प्रसाद वितरण गरेका थिए।
समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वयुयवराज पारस शाह, युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह, नाति हृदयेन्द्र, छोरी प्रेरणा, शोभा, नातिनीहरू कृतिका लगायत थिए।
नेपालमा गणतन्त्र प्राप्तिपछि रत्न गुमनाम महेन्द्र मञ्जिलमा बसिरहेकी छिन्। उनी राजपरिवार सदस्यबाहेक कसैलाई भेट्दिनन्।