काठमाडौंको तीनकुनेबाट प्रहरीले चार राउण्ड गोली र पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा तीनकुनेस्थित ए वान क्याफेबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा समित राई, सुरेश श्रेष्ठ, निग्मा शेर्पा, रोनित श्रेष्ठ, सुजन थापामगर, भुपेन राई र रजन भण्डारी छन्।
उनीहरू अधिकाश लागू औषध मुद्दामा जेल परेर छुटेका अभियुक्तहरू हुन्।
सोमबार दिउँसो तीनकुनेस्थित एवान क्याफेबाट पेस्तोलको म्यागेजिन र चार राउण्ड गोलीसहित सात जनालाई पक्राउ गरेका छौ,’ महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले सेतोपाटीसँग भने,‘ उनीहरू प्रहरीको खोजी सूचीमासमेत थिए।
बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको मिति नजिकिँदै गर्दा राजधानीबाट उनीहरू पक्राउ परेका हुन्।
बिमस्टेकको चौथो शिखर सम्मेलन नजिकिएसँगै प्रहरीले निगरानी कडा पारिएको काठमाडौं प्रहरी परिसर प्रमुख लामाले बताए।
प्रहरीले यसरी बिमस्टेक सम्मेलनका लागि प्रहरी सुरक्षा व्यवस्था कडा पारिरहेको समयमा हतियारसहित सात जना पक्राउ परेका हुन्।