बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश नम्बर–७ को अनुसन्धान समूहको संयुक्त टोलीले घटनाको २४ दिनपछि एक अभियुक्तलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१९, खन्ना चौराहीका दिलीपसिंह विष्ट छन्। उनलाई प्रहरीले शनिबार घरबाटै पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत कन्चनपुरमा म्याद थप गरी अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
‘आज अदालतमा उपस्थित गराएका छौं केन्द्रिय अनुसन्धान व्यूरोका एक प्रहरी अधिकृतले सेतोपाटीसँग भने।
गत साउन १० गते घरबाट साथीको घरमा पढ्न जान लागेकी १३ वर्षीया निर्मला पन्त ११ गते मृतावस्थामा फेला परेकी थिइन्।
पक्राउ परेका अभियुक्त बिष्ट पहिलेदेखि नै अपराधिक पृष्ठभूमी भएका व्यक्ति भएको प्रहरीले जनाएको छ। यसअघि पनि हत्या अभियोगमै जेल परेर छुटेका थिए।