साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको निधन भएको छ। पछिल्लो समय गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको शुक्रबार साँझ निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
अन्नपूर्ण न्यूरो अस्पताल भर्ना भएका उनलाई डायलसिस गर्न सुमेरू अस्पताल पुर्याइएको थियो। डायलसिस क्रममै अचेत भएपछि उनी आईसियू भर्ना भएका थिए।
२०५७ सालमा दाहालको मृगौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो। फेरेको मृगौलाले पनि काम नगरेपछि २०६८ सालयता उनी नियमित डायलसिस गर्दै आएका थिए।
रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता दाहाल २०१० सालमा खोटाङमा जन्मेका थिए।