काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गर्ने ५ जना पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा महाशाखाबाट बिशेष प्रहरी टोलीले सोमबार दिउँसो न्यूरोड र कुलेश्वर एरियाका बिभिन्न स्थानबाट ५३ लाख १९ हजार ६ सय ७५ नगद र २३ लाख १३ हजार चेकसहित ५ जनालाई पक्राउ गरेको छ।
छापामारी गरी प्रहरीले नगद, चेक रकम, बिभिन्न बैकका हस्ताक्षर गरी राखिएका चेकबुकहरू, ह्वाट्स एपमा गरिएको हुण्डीको कारोवारसहितको विवरण, हुण्डी कारोबार गरिएको कागजात बरामद गरेको छ।
पक्राउ पर्नेमा दिल्ली घर भई कुलेश्वर बस्ने ४५ वर्षिय विजय गुप्ता, ललितपुरका २३ वर्षिय दीपक श्रेष्ठ, चितवनका २९ वर्षीय सञ्जित पाण्डे, भारत घर भइ ताहाचाल बस्ने २९ वर्षीय अंकित अग्रवाल र धनकुटाका १८ वर्षिय पुजन लामा जिमी छन्।
प्रहरीले उनीहरूको साथबाट नगद ५३ लाख १९ हजार ६ सय ७५ र चेक २३ लाख १३ हजार बरामद गरेको छ।