बारामा रहेको रिलायन्स सुगर मिल्समा भिषण आगलागी भएको छ।
बाराको श्रीपुर मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल्स प्रालिमा दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगोलागीको कारण भने खुल्न सकेको छैन।
आगो नियन्त्रणको लागि प्रयास भइरहेको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए।