नेपाल तरुण दलका नवलपरासीका जिल्ला नेता किशोर आचार्य हतियारसहित पक्राउ परेका छन्।
नवलपरासीको बर्दघाट नगरपालिका–१० बाट आचार्यलाई प्रहरीले आइतबार साँझ पेस्तोल र खुँडासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
आचार्यलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।
आचार्यको साथबाट फलामको ठूलो खुँडा र पेस्तोल फेला परेको प्रहरीले जनाएको छ। आचार्यलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।