धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले खेलाडीहरुलाई लाग्ने चोटका विषयमा जानकारी गराएको छ।
अस्पतालमा एक कार्यक्रम गरी उसले खेलकुदमा हुने चोटबाट कसरी बच्ने र कसरी उपचार गर्न सकिन्छ भन्नेबारे खेलाडीहरुलाई जानकारी दिएको हो ।
कार्यक्रममा एसियन बल्डि बिल्र्डस स्वर्ण पदक महेश्वर महर्जन,दक्षिण एसिया उसु स्वर्ण पदक राजकुमार रसाइली,भलिवल राष्ट्रियय खेलाडी कमला पुन, साम्बो राष्ट्रिय खेलाडी कृष्णलाल तामाङ,सन्तोष साउद, म्याक्स बस्नेत, भावना सुनुवार लगायतकाको उपस्थिति रहेको थियो ।
उनीहरुलाई बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला,हाडजोर्नी विशेषज्ञ डाक्टर भाष्करराज पन्त,बिज्ञान भण्डारी, सन्दीप भण्डारी, प्रशान्त अधिकारी र फिजियोथेरापिष्ट रबिन्द्र बस्नेतले चोटपटक र उपचारका बारेमा जानकारी गराएको अस्पतालमा अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए।