डाक्टर गोविन्द केसीलाईटिचिङ अस्पातलको आइसियूमा राखिने भएको छ। जुम्लाबाट बिहिबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको उनलाई उनको इच्छा अनुसार टिचिङ अस्पतालमा राखिने भएको हो।
शिक्षण अस्पताल स्रोतका अनुसार अहिले त्यहाको आइसियु कक्ष तयारी अवस्थामा राखिएको छ। चिकित्सकहरू पनि तयारी अवस्थामा राखिएको छ। काठमाडौंको टुँडिखेलमा डा.केसीलाई लिन नेपाली सेनाकै एम्बुलेन्स गएको थियो।
नेपाली सेनाको भैरव गणमा पनि चिकित्सकको एक टोलीले केसीलाई टिचिङ अस्पताल लगेको हो।