सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ११ मा निर्माणाधीन एकीकृत माझी बस्ती पुर्ननिर्माणलाई युथ एण्ड स्टुडेण्ट फर पिस नेपालले आर्थिक सहयोग गरेको छ।
माझी वस्ती पुर्ननिर्माण गरिरहेको स्वेताश्री फाउडेण्सनका अध्यक्ष स्वेता खड्कालाई युथ एण्ड स्टुडेण्ट फर पिस नेपालका अध्यक्ष प्रकाशबाबु थापाले एक लाख १० हजार रुपैंया सहयोग गरेका हुन्।
भूकम्पबाट क्षति पुगेको माझी वस्ती खड्काको अगुवाइमा बनिरहेको छ। यस अघि थापाले गोरखाको सहिदलखन गाउँपालिका ८ को राम्चे प्राथमिक विद्यालय भवन पुर्नर्निमाणलाई ३ लाख रुपैंया सहयोग गरेका थिए।