मध्य क्षेत्रिय प्रहरी कार्यालय पथलैयाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत अमलेखगन्जमा यात्रुवहाक सवारी साधनहरुको अवस्थामा बारेमा जाँच गरेको छ।
एसपी किरण बज्राचार्य र सवारी मेकानिक ८ जनाको टोलीले राजमार्गमा नै सवारी रोकेर तिनीहरुको जाँच गरेको हो ।
यान्त्रिक गडबढीले पनि सवारी दुर्घटना निम्त्याएपछि यात्रुबहाक सवारी सधानहरुको चेक गरिएको एसपी बज्राचार्यले जानकारी दिइन् ।
५ सय यात्रुवहाक सवारी साधन चेक गरिएकोमा अधिकांशको यान्त्रिक पार्टपुर्जामा समस्या देखिएको उनले बताइन् ।
रिसोलिङ गरेको टायर हाल्ने गरेको, ब्रेक पुर्ण रुपमा नलाग्ने अवस्थामा रहेको, वाइपरले काम नगर्ने गरेको, गाडीमा रहेका लाइट, साइट लाइटहरु बनाउने नगरेको भेटिएको उनले बताइन् ।
जाँचमा चालक र यात्रुहरुले समेत मापसे गरिएको भेटिएको थियो। यात्रुहरुलाई यात्रा गर्दा मापसे सेवन गर्न नहुने विषयमा पनि प्रहरीले जानकारी गराएको थियो ।
प्रहरीले पार्टपुर्जामा समस्या रहेका सवारी साधन बनाउन एक हप्ते अल्टिमेटम दिएको छ।