पर्वतको जलजला गाउँपालिकामा अविरल वर्षापछि खसेको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। पहिरोले जलजला- ८ लस्तीका पाँच वटा घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा पुरिएर जलजला-८ लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको हो।
घाइतेलाई उपचारको लागि अन्चल अस्पताल बाग्लुङ ल्याइएको प्रहरीले जनाएको छ।
उच्च जोखिममा परेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रभावित क्षेत्रमा गए रातिदेखि नै प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ।