वरिष्ठ संगीतकार अम्बर गुरूङकी पत्नी विणा गुरूङको निधन भएको छ। आइतबार बेलुका ग्रान्डी अस्पतालमा उनको निधन भएको हो।
सोमबार बिहान ९ बजे ग्राण्डीदेखि शव यात्रा गरिने र १० बजे पशुपतिमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने परिवारजनले जनाएको छ।
उनले विसं २०११ सालमा अम्बर गुरूङसँग विवाह गरेकी थिइन्।
संगीतकार अम्बर गुरूगको यसअघिनै विसं २०७३ जेठमा निधन भएको थियो।