शुक्रबार पक्राउ परेका ओडिसाका सञ्चालक सिमान्त गुरुङ र सुपर भाइजर रवीन केसीलाई ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि ठगी गरेको अभियोगमा पक्राउ परेका ओडिसाका सञ्चालक गुरुङ र सुपर भाइजर केसीलाई अनुसन्धानको लागि आइतबार जिल्ला अदालतले ५ दिन म्याद थप गरी अनुसन्धान सुरु गर्न आदेश दिएको हो।
उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी जनाएको थियो।
नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट विक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन्। त्यो बेला विक्री गरिएका टिकटको रकम फिर्ता नगरी सलमान केही समयपछि आउने गुरुङले बताउँदै आएका थिए।
टुँडिखेलमा हुने भनिएको सलमान खानको कन्सर्ट दुई पटक स्थगित भएको थियो।
अन्तिमपटक गत मार्च १० गतेका लागि तय भएको उक्त कन्सर्ट विप्लव नेतृत्वको नेकपा माओवादीको चेतावनीका कारण स्थगित गर्नु परेको त्यतिबेला ओडिसी इन्टरटेन्मेन्टले जनाएको थियो।