तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
तेह्रथुम लालीगुराँस नगरपालिका-२ मा आज बिहान ट्याक्टर दुर्घटनामा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको हो।
तेह्रथुमको म्यान्छेयम गाउँपालिका-३ श्रीजुङका २२ वर्षीय सूर्य लिम्बुको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा बिहान सवा १० बजे मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई श्री प्राथामिक स्वास्थ्य चौकी बसन्तपुरबाट थप उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो। आज बिहान सवा ६ बजे प्रगती टोलबाट डाँडाखर्कतर्फ जाँदै गरेको को २ त ४० ५३ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ।