राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर नरहेको दाबी गरेको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सो कुराको दाबी गरेका हुन्।
शनिबार सार्वजनिक एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ। तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले भने नतिजा कमजोर नभइ पठनपाठन कमजोर रहेको तर्क गरे। उनले एसईई परीक्षाको नतिजामा सुधार ल्याउन पाठ्यक्रम अनुसार पठनपाठनमा सुधार ल्याउनुको विकल्प नरहेको पनि बताए।
अध्यक्ष पौडेलले ग्रेडिङका कारण एसईईको नतिजा कमजोर देखिएको भनाइ पनि सत्य नभएको स्पष्ट पारे। उनले लगानीको अभावमा सरकारी विद्यालयको पठनपाठन कमजोर भएको तर्क गरे।
अध्यक्ष पौडेलले एसईईको परीक्षा प्रणालीमा भने व्यापक सुधार आएको दाबी समेत गरे।