प्रहरीले लागू औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
दुई सय १३ केजी चरेश र दुई केजी २ सय ५० ग्राम अफिमसहित भारत मोतिहारीका मेराज अलामलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । उनीसँगै लागू औषध कारोबारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको ट्रक पनि बरामद गरिएको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव महानिरीक्षक ठूले राईले नेपालको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्लीसम्म पुर्याउने योजनाका साथ ट्रकमा राखिएको अवस्थामा सो लागू औंषध बरामद गरिएको जानकारी दिए। उनले अनुसन्धानका क्रममा भारतीय नागरिक मेराजले यसअघि पनि लागू औषध कारोबार गरेको खुल्न आएको पनि बताए।
मेराजको लागू औषध कारोबारबारे विस्तृत अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
ट्रक चालक आलम यसअघि पनि चरेश ओसारपसारमा संग्लन रहेको अनुसन्धानबाट खुलेको राईले बताए । चरेशका मालिक पनि भारतीय नागरिक रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको र उनको खोजी भइरहेको बताइएको छ।