साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका राम तिवारीलाई छानबिन समितिले जिल्ला अदालत मोरङमा बुझाएको छ।
दुई साता लामो अनुसन्धानपछि तिवारीलाई बिहिबार मोरङ अदालतमा बुझाइएको हो। जिल्ला अदालत मोरङले तिवारीलाई सुन प्रकरणमा प्रतिवादी बनाएर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुमति दिएको छ।
सुन प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले तिवारीलाई दक्षिण कोरियाबाट फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
छानबिन समितिले तिवारीसँग सोधपुछ गरेको थियो। तिवारीले गोरेले गरेको सुन तस्करीमा आफूले साथ नदिएको जवाफ दिएको छानबिन समितका एक सदस्यले सेतोपाटीलाई बताए।
यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए। उनी आफ्नो सहयोगी भएको सङ्केत गोरेले गरेका थिए।
यो पनि हेर्नुहोस्
डिएसपी केसी, सई सञ्जेल र फरार गोरेबीच फोन कुराकानी (अडियोसहित)