आर्ट अफ लिभिङ समाज नेपालले उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदामा योग शिविर सञ्चालन गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को अवसर पारेर शिविर सञ्चालन भएकाे हाे।
बुधवार बिहान पशुपतिनाथ गंगा आरती स्थलमा गरेको योग शिविर भएकाे राष्ट्रिय योग शिक्षक संयोजक पुनम उप्रेतीले बताए।
योग आसनपछि साधकसँग कुरा गर्दै उनले मानव सभ्यताको स्रोत बाग्मती नदीको सफाइ महाअभियानका लागि भारत सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भारतका आध्यात्मिक गुरु आचार्य रविशंकरको अग्रसरतामा आर्ट अफ लिभिङ नामक आध्यात्मिक अभियान शुरु भएको हो। यसले मानिसलाई भौतिक कोलाहलबीच आध्यात्मिक शान्तिका साथ जीवनयापन गर्ने कला सिकाउँछ।
विश्व योग दिवसको अवसर पारेर आर्ट अफ लिभिङले शंखमूलस्थित बाग्मती किनारबाट असार २ गतेदेखि शुरु गरेको योगशिविर भक्तपुरको टौमडी, बौद्धनाथ स्तुप परिसर, पाटन कृष्ण मन्दिर हुँदै गोकर्णेश्वर महादेव मन्दिरमा सम्पन्न भएको थियो।
दिवसका अवसमरमा बिहीबार आर्ट अफ लिभिङले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र शंखमूल पार्कमा पनि शिविर सञ्चालन गर्ने जनाएको छ।