सम्पत्ति शुद्धीकरण मुद्दामा ‘गुण्डा नाइके‘ अभिषेक गिरीलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजालसले सफाइ दिएको हो।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७० जेठ ५ मा गिरीसहित ५ गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। सो मुद्दामा विभागले उनीहरुले करोडौं रकम अवैध श्रोतबाट आर्जन गरेको दाबी गरेको थियो।
विशेष अदालतले यसअघि नै गुण्डा नाइके तथा मनाङका प्रदेशसभा सांसद समेत रहेका राजीव गुरुङ (दीपक मनाङे), पर्शुराम बस्नेत र चक्रे मिलन लगायतलाई सफाइ दिइसकेको छ।