प्रहरीले अवैध रूपमा बनाएको ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानीको बौद्ध, नयाँ बसपार्क, कपन, स्वयम्भु, चावहिल, कालिमाटी लगायतका क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।
मदिरा बनाउन युरिया मल, पुरानो फोहोर कपडा लगायतका वस्तुहरू मिसाएको प्रहरीको दाबी छ।
राजधानी अवैधरूपमा स्वास्थ्यलाई हानिकारक मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेको थियो।
मदिरामा हानिकारक पदार्थ मिसाएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।