प्रहरीले बाजेको सेकुवा छ वटा आउटलेटमा छापा मारेको छ।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिले बुधबार राजधानीका विभिन्न स्थानमा रहेका आउटलेटमा छापा मारेको हो।
बत्तीसपुतली अनामनगरलगायतका छ वटा आउटलेटमा प्रहरीले छापा मारेको हो।
३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी फरार छन्।