जडीबुटीमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
बा ४ ख ३५५८ नम्बरको टिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्।
अहिले काठमाडौंदेखि भक्तपुर जाने /आउने बाटो बन्द भएको प्रहरीले बताएको छ।