ब्राजिलियन फुटबल हस्ती पेले आगामी बिहिबार रूसमा हुने विश्वकपको उद्घाटनमा सहभागी हुने नहुने अनश्चित भएको छ।
विश्वकप कार्यतालिका रद्द भएपछि उनी उद्घाटनमा सहभागि हुने अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन्।
खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी जाने नजाने अनिश्चित बनेको हो। उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ। यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुनेछैनन्।
पछिल्लोपटक उनको मेरूदण्ड, थाई र कुर्कुरे हड्डीको अप्रेसन गरिएको थियो। लुजनिकी स्टेडियममा हुने उद्घाटनमा रूस र फिफाले उनलाई मुख्य पाहुना बनाएको थियो।
७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।
ह्विलचेयरमा आइतबार रसिया पुगेका पेलेलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन विमानस्थलमा पेलेको स्वागत गर्न पुगेका थिए।