सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलनको बेला चलाएको भन्दै सरकारी गाडीमा आगो लगाइदिएका छन्।
राजधानीको शंखमुल नजिकै आइतबार सडकमा नेविसंघले बा १ झ ८८१८ नम्वरको गाडीमा आगो लगाइदिएका हुन्।
गाडीमा लागेको आगो केही समयपछि प्रहरीले निभाए पनि गाडीमा पूर्ण क्षति पुगेको छ।
उक्त सवारी कुन कार्यालयको हो भन्ने खुलेको छैन। नेविसंघले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै आइतबार सिठ्ठी जुलुस निकालेको थियो।