सूचना तथा सञ्चार राज्यमन्त्री गोकूल बाँस्कोटा मन्त्री बनेका छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २ गते राज्यमन्त्री नियुक्त गरेका थिए।
संघीय समाजवादी फोरमलाई मन्त्रिपरिषदमा सामेल गराउने क्रममा ओलीले बाँस्कोटालाई मन्त्री बनाएका हुन्। फोरमबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट बास्कोटाले सपथ लिएका छन्।
राज्यमन्त्री भएपनि बास्कोटाले मन्त्रिपरिषद् बैठकमा सहभागिता जनाउँदै आएका थिए। उनलाई सरकारले सेनाको सुरक्षा समेत दिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष सम्बन्ध रहेका बाँस्कोटा उनकै बालकोटस्थित निवासमा बस्दै आएका छन्।
यो पनि हेर्नुहोस्-